परिचय

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री माननीय आरती पौडेल ज्यूबाट २०७७ साउन २१ गते एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाको विधिवत उद्घाटन भई कार्य प्रारम्भ भएको हो । साबिक जिल्ला कृषि विकास कार्यालयको भवनमा यस कार्यालय रहेको छ । लुम्बिनी प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतको यस कार्यालयले कृषि आधुनिकिकरण, यान्त्रीकरण र व्यवसायिकरणका लागी विभिन्न कार्यहरु गर्दै आएको छ । साबिक जिल्ला कृषि बिकास कार्यालय तथा जिल्ला पशु सेवा कार्यालयहरुको खारेजी पश्चात व्यवसायिक उत्पादकहरुलाई विज्ञ सेवा प्रवाह गर्न र स्थानीय तहका कृषि तथा पशु सेवा शाखाका प्राविधिकहरुलाई कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहजिकरण र क्षमता विकासमा टेवा पुयाउने सन्दर्भमा एकिकृत कृषि तथा पशुपन्छी विकास कार्यालयको भुमिका महत्वपुर्ण ठानिएको छ ।

पश्चिम तराईको बर्दिया जिल्लालाई अन्नको भण्डार मानिने हुदाँ कृषि व्यवसायिकरण तथा उत्पादन वृद्धिको प्रचुर संभावना रहेको छ । बर्दिया जिल्लाको कुल खेति योग्य जमिन ७५००० हे मध्ये हे. मा खेति गरिएको छ, जसमध्ये धानबालीले ओगटेको क्षेत्रफल ५०२५०० हे छ । धान बालीको अतिरिक्त गहु, मकै, दलहन, तरकारी, चैते धान, आदीको उत्पादन उल्लेखनीय हुने गरेको छ । जिल्लामा राजापुर सिंचाई आयोजना, बबई सिंचाई आयोजना जस्ता ठुला सिंचाई आयोजना कार्यान्वयनमा छन, जिल्लामा हाल सम्म ४२५६६ हे. (७१) प्रतिशत मा सिचाई सुविधा पुगेको छ । निर्माणाधिन भेरि बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाले बदिया जिल्लामा ५१,००० हे जमिनमा बाह्रै महिना सिंचाई सुविधा पुऱ्याउने लक्ष्य लिएको छ| लुम्बिनी प्रदेश अन्तर्गत पश्चिम तराइको बर्दिया जिल्ला खाद्यान्नको भण्डार भनेर चिनिने जिल्ला हो । सन १८१६ मा नेपालको सुगौली सन्धि भई नेपालले आफनो भू-भागको एक तिहाई क्षेत्रफल गुमाउनु परेकोमा सन १८६० मा सुगौली सन्धिमा गुमाएको भू-भाग मध्ये पश्चिम नेपालका केही भू-भाग फिर्ता पाएको थियो । तिनै फिर्ता भएका भू-खण्डहरू मध्ये नया मूलुकको रूपमा परिचित जिल्ला बर्दिया हो। बर्दिया जिल्लाको माटो धेरै उर्वर छ र अन्नको भण्डारण भनेर चिनिने यस जिल्लामा करिब ८० प्रतिशत भन्दा बढी कृषक कृषि पेशामा आधारीत छन । कृषि जन्य उत्पादनको दृष्टिकोणले खाद्यान्न मात्र नभएर आलु तरकारी र दलहन एवं तेलहन बालीमा पनि यो जिल्ला अगाडि छ भने ७० हेक्टर भन्दा बढी जलाशय क्षेत्रफल रहेको बढैयाताल र आसपासमा रहेका सोरहवा एवं मैनापोखर र बगनाह माछा उत्पादनका लागि नमूना क्षेत्र बनेका छन । संघियतामा जानु पुर्ब जिल्ला कृषि विकास कार्यालयले

संचालित गर्ने कार्यक्रम मध्ये प्राथमिकतामा रहेका पकेट प्याकेज कार्यक्रमको रूपमा सञ्चालन भएका कार्यक्रमहरूको प्रभावले गर्दा यो जिल्लाबाट वर्षेनी २०९० मे. टन भन्दा बढी माछा उत्पादन भई ४० करोड भन्दा बढी आम्दानी माछा बिक्रि बितरणबाट कृषकले लिईरहेका छन भने बीउ तथा खायन आलुमा जिल्ला आत्म निर्भरको नजिक पुगेको छ कोहलपुरमा निर्माण गरिएको ४००० मे. टन क्षमताको भेरी शीत भण्डारमा ठुलो मात्रामा बर्दियाको बीउआलु भण्डारण हुने गरेको छ । विगतमा साना तथा मझौला कृषक आयस्तर अभिवृद्धि आयोजनाको पुरक आर्थिक सहयोगमा बढैयाताल गाउपालिका वार्ड नं ८ मा निर्माण गरिएको २००० मे टन क्षमताको तिलक नारायणि शित भण्डारले यस जिल्लामा उत्पादित आलु र केहि अन्य कृषि उपज भण्डारको आवश्यकतालाई धेरै हद सम्म संबोधन गरेको छ। बारबर्दिया नगरपालिका पदनाहामा स्थापित बुढान कृषि सहकारी संस्था र राजापुर नगरपालिकामा स्थापित गणेशबाबा एग्रोसीड कम्पनी खाधन्न बालीको बीउ स्रोत रूपमा स्थापित भएका छन् ।

कार्यक्रम मार्फत उत्पादन भई रहेका माछा, आलु, खाद्यान्न बीउ, तरकारी, मासु दुध तथा अण्डाले य जिल्लालाई चिनाउने कृषि तथा पशुपन्छी उपज भन्दा अत्युक्ति नहोला : हाल यि कृषि उपजहरु जिल्ला बाहि पनि निकासि हुने गरेका छन । यसै गरी पशुपन्छी तथा मत्स्य क्षेत्रको स्वास्थ्य र व्यवसाय प्रबद्धनका लागी यस कार्यालयले पशुपन्छी रोग सर्भिलेन्स, अन्वेषण, नमुना परिक्षण, निदान तथा विशिष्टिकृत सेवा प्रदान सहित विशेषज्ञहरुवाट पशुपन्छी स्वास्थ्य तथा बाझोपन निवारण शिविर संचालन गर्दै आईरहेको छ। पशुपन्छी मत्स्य व्यवसाय प्रवर्द्धनका लागी प्रविधि प्रसार, यान्त्रिकरण, पशु स्वास्थ्य नियमन, जनचेतना अभिवृद्धि तथा अनुदानका कार्यक्रम संचालन गर्दै आएको छ । कार्यक्षेत्रभित्रका सवै स्थानिय तहहरु तथा सम्पूर्ण सरोकारवाला निकायहरुसंग समन्वय, सहकार्य गरी गुणस्तरिय दुध, फुल, माछा तथा मासुमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । गर्मी मौसममा अति गर्मी र जाडो मौसममा अति जाडो हुने यस जिल्लाको जलवायुको विशेषता नै रहेको छ । बबई नदी र कर्णाली नदीको पानीले सिंचित हुने यस पुण्य भुमिमा बढैया ताल, ठाकुर बाबा मन्दिर, बर्दिया राष्ट्रिय निकुञ्ज र खैरापुरमा अवस्थित कृष्णसार क्षेत्र पर्यटकहरूको मुख्य आकर्षक केन्द्र भएकोले बर्षेनी हजारौ र स्वदेशी तथा बिदेशी पर्यटकहरू दृष्यावलोकन गर्नको लागि यहाँ आउने गर्दछन् ।

जिल्लाको भौगोलिक अवस्था लगायत अन्य सूचना मूलक जानकारीको बारेमा पाठक बृन्दमा अझ बढी प्रष्ट पार्नका लागि सूचनामूलक सूचकहरूलाई निम्नानुसार प्रस्तुत गर्ने जमर्को गरिएको छ ।

भौगालिक अवस्थिति : कूल क्षेत्रफल २०२५ वर्ग कि.मी., देशान्तर ८१.३ देखि ८१.४१, आक्षांस २८०७ देखि २८.३९ शिवालिक क्षेत्र (३१.२३९) तराई क्षेत्र (६८.७६%), समुन्द्र सतहदेखि उचाई १३८ मि. (गुलरिया) अधिकतम् उचाई १२७९ मि चेपाङ्ग गाऊँ ।

सीमाना :

यस जिल्लाको सीमाना सम्बन्धी अध्ययन गर्दा पूर्वमा बाँके मान खोला) पश्चिममा कैलाली (कर्णाली नदी) उत्तरमा सुर्खेत तथा सल्यान र दक्षिणमा उत्तरप्रदेश भारत पर्दछ ।

प्रशासकीय विभाजन :

लुम्बीनि प्रदेश अन्तर्गत भेरी अञ्चलमा पर्ने यस जिल्लाको सदरमुकाम गुलरियामा पर्दछ भने जिल्लामा ६ नगरपालिका, २ गा.पा, १३ वटा ईलाका तथा ४ वटा संसदीय निर्वाचन क्षेत्र रहेका छन् ।

उद्देश्य

  • निर्बाहमुखि कृषि प्रणालीलाई व्यवसायिक प्रणालीमा रुपान्तरण गर्नु
  • बाली बस्तुको मुल्य श्रृंखला बिकास कृषि क्षेत्रलाई सम्मानजनक र बिशिष्टिकृत व्यवसायको रुपमा विकास गर्नु
  • कृषि उपजको उत्पादन लागत घटाई बजार प्रबर्धन गर्नु
  • परम्परागत कृषि ज्ञान तथा जैबिक बिबिधताको संरक्षण तथा प्रबर्धन

योजना

Plan Content